RBCL | Nation’s Insurer
Implementation of Student Safety Policy
Implementation of Student Safety Policy
नेपालका सार्वजनिक तथा निजी विद्यालय, क्याम्पस तथा संस्थाहरुमा अध्ययनरत विद्यार्थीहरुको जोखिमलाई मध्यनजर गरि राष्ट्रिय बीमा कम्पनी लिमिटेडले “विद्यार्थी सुरक्षाबीमालेख” ल्याएको छ । उक्त बीमालेख लालिगुराँस बाटीका माध्यमीक विद्यालय, नरेफाँट, कोटेश्वर, काठमाण्डौंका ८०४ जना विद्यार्थीहरुको बीमागर्दै कार्यान्वयनमा आएको छ ।

कम्पनीले एक समारोह विच विद्यालयलाई आवश्यक पर्ने विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुको दुर्घटना बीमा, सम्पत्ती बीमा लगायत अन्य सबै खाले निर्जीवन बीमा सेवाआदान– प्रदानगर्ने सहमती गरेको छ ।उक्त अवसरमा कम्पनीले बीमालेखहरुले समेट्ने तथा नसमेट्ने विषयहरु, दावि भुक्तानी प्रकृया आदिको वारेमा सहभागीहरुलाई अभिमुखीकरण समेत गरेको छ । कार्यक्रममा विद्यालयकातर्फबाट कार्यकारी निर्देशक सुदर्शन प्रसाद पराजुली र प्रधानाध्यापक हरी प्रसाद शिवाकोटी तथा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराजअर्यालर अण्डरराइटिंग विभाग प्रमुख सृजनापन्तले सम्झौतापत्रमा हस्ताक्षर गर्दै विद्यार्थी सुरक्षा बीमालेख समेत यहीमिति २०७७ चैत्र ३ गतेबाटै लागू हुने विद्यालयलाई बीमालेख हस्तान्तरण गरियो । कम्पनीले आगामी शैक्षिकशत्रलाई समेत लक्ष्यित गर्दै यो बीमा योजना लागू गरेको छ । साथै यो योजनाले क्रमशः थप विद्यार्थीहरुमा बीमा सेवा विस्तार भई बीमाको दायरा र वित्तिय सचेतना विस्तार हुने अपेक्षा गरिएको छ । 
Premium calculator